संसद्‌को आगामी अधिवेशनमा विचाराधीन विधेयकहरू पेस हुन्छन् : सभामुख घिमिरे

कार्तिक ८, २०८१ |दशरथ राई
संसद्‌को आगामी अधिवेशनमा विचाराधीन विधेयकहरू पेस हुन्छन् : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्‌को आगामी पाचौँ अधिवेशनमा संसद्‌मा विचाराधीन रहेका विधेयकहरू पेस हुने बताउनुभएको छ । 

संसदीय बैठकहरू प्रभावकारी बनाउन सभापतिहरूको महत्त्वपूर्ण भूमिका हुने भन्दै सभामुख घिमिरेले सांसद्हरूकै अनुपस्थितिका कारण समिति बैठक नबस्ने भन्ने कुरामा सत्यता नभएको जिकिर गर्नुभयो । 

समितिका बैठकहरू प्रभावकारी बनाउन संसद् र समिति बैठकलाई कसरी अघि बढाउने भन्ने विषयमा क्यालेन्डर नै बनाएरअघि बढिएको भएपनि प्रभावकारितामा प्रश्न उठेको भन्दै त्यसका लागि आन्तरिक तयारीका लागि गृहकार्य भइरहेको सभामुखको भनाइ छ । 

सभामुख घिमिरेले समितिमा रहनुभएका सांसदहरुले आफ्नो समितिको बैठकमा नियमित उपस्थित भएर विधेयकमा छलफल गरि टुङगोमा पुर्‍याउनु पर्ने सांसदहरुकै दायित्व रहेको समेत बताउनुभयो ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।