टीआरसी सम्बन्धी दुई आयोगका अध्यक्ष र सदस्य सिफारिस गर्ने समितिले पूर्णता पायो

कार्तिक ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
टीआरसी सम्बन्धी दुई आयोगका अध्यक्ष र सदस्य सिफारिस गर्ने समितिले पूर्णता पायो

काठमाडौं । टीआरसी सम्बन्धी दुई आयोग- सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष र सदस्य सिफारिस समितिले पूर्णता पाएको छ । यससँगै सिफारिस समितिले कामसमेत सुरु गरेको छ ।

मानवअधिकार आयोगले आयोगका सदस्य मनोज दुवाडीलाई सिफारिस समितिको सदस्यमा पठाएको छ । यस अगाडि ऐन संशोधन नभएको भन्दै आयोगले सदस्य नपठाएका कारण समितिले पूर्णता पाउन सकेको थिएन । 

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिलाई पुनर्गठन गरी पूर्णता दिएको हो ।

पुर्नगठन पछि पहिलेको सरकारले सिफारिस गरेका एक सदस्यको नाम हटाइ पूर्वमहान्याधिवक्ता खम्मबहादुर खातीलाई सिफारिस समितिमा राखिएको छ । 

मिश्र नेतृत्वको सिफारिस समितिमा खातीसहित राष्ट्रिय मानव अधिकार आयोगबाट सदस्य दुवाडी, डा.अर्जुनकुमार कार्की र स्टेला तामाङ रहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.