टीआरसीसम्बन्धी आयोगमा पदाधिकारी सिफारिसका लागि पुरानै समितिलाई निरन्तरता दिने

कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
टीआरसीसम्बन्धी आयोगमा पदाधिकारी सिफारिसका लागि पुरानै समितिलाई निरन्तरता दिने

काठमाडौं । सरकारले टीआरसीसम्बन्धी सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिलाई निरन्तरता दिने भएको छ ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यसअघि गठन भएको मिश्र नेतृत्वको सिफारिस समितिलाई ब्यूँताएर आयोगका पदाधिकारी सिफारिस गर्ने जिम्मेवारी दिएको हो ।

तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८० चैत ३० मा पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गरेको थियो।

यस्तै आजको मन्त्रिपरिषद् बैठकले बाढी र पहिरो प्रभावित स्थानीय तहमध्ये अति प्रभावितलाई १ करोड प्रभावितलाई ७५ लाख र सामान्य प्रभावितलाई ५० लाखका दरले रकम दिने समेत निर्णय गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.