रविकै जस्तो केसमा कांग्रेसका धनराज र एमालेका ऋषिकेशलाई के हुन्छ ? : वर्षमान पुन

कार्तिक ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
रविकै जस्तो केसमा कांग्रेसका धनराज र एमालेका ऋषिकेशलाई के हुन्छ ? : वर्षमान पुन

रोल्पा । सहकारी रकम हिनामीना गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानमा सहयोग गर्न माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आग्रह गर्नुभएको छ । 

गृह जिल्ला रोल्पा पुग्नुभएका पूर्वअर्थमन्त्री समेत रहनुभएका पुनले रोल्पाको लिबाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा लोकतन्त्रमा कानुनीशासन चल्ने बताउँदै जतिसुकै शक्तिशालि मान्छे भए पनि कानूनभन्दा माथि कोही हुन नसक्ने बताउनु भयो ।

रास्वपा सभापति समेत रहेका लामिछाने नागरिकता प्रकरणमा संसद पद समेत गुमाएको स्मरण गराउँदै लामिछानेलाई अनुसन्धानमा सघाउन आग्रह गर्नुभयो । लामिछोनले आफुमाथि लागेका विभिन्न प्रकरणको जवाफ पनि दिनुपर्ने बताउनु भयो ।

नेता पुनले सहकारी बचतकर्ताको रकम ठगीमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसदसमेत रहेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल लगायत अन्यलाई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.