पन्ध्रौं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कांग्रेस नेता कोइरालाको दाबी

कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
पन्ध्रौं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कांग्रेस नेता कोइरालाको दाबी

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पन्ध्रौं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कन्फ्युजनमा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

'अब जित्नकै लागि सभापतिमा उठ्ने हो र पार्टीमा गुमेको साख फर्काउने हो । त्यसको लागि तपाईंहरु आ-आफ्नो कार्यक्षेत्रमा खटिनोस्,' कोइरालाले भन्नुभयो ।

कोइरालाले जतिसुकै कोशिस गरे पनि पार्टी संगठन सुदृढीकरण र कार्यकर्ताहरुलाई न्याय गर्ने कुरामा आफूले भने जति काम गर्न नसकेको समेत बताउनुभयो ।

विराटनगर स्थित कोइराला निवासमा मधेश प्रदेशका नेताहरुसँग भेटघाट गर्ने क्रममा कोइरालाले नेतृत्वमा नपुगी केही गर्न नसकिने रहेछ भन्ने निष्कर्षमा आफू पुगेको स्पष्ट पार्नुभयो ।

कोइरालाले २०८२ मंसिरभित्रै पन्ध्रौं महाअधिवेशन हुनुपर्ने बताउनुभयो । समयमै महाधिवेशन हुन नसके सिंगो कांग्रेस पार्टी नै धरासयी बन्ने भन्दै सोही समयमै महाधिवेशन गर्ने कुरामा लाग्न उहाँले जिल्ला-जिल्लाका नेताहरूलाई निर्देशन दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.