कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बागमतीका प्रदेश प्रमुखद्वारा फिर्ता

कार्तिक ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बागमतीका प्रदेश प्रमुखद्वारा फिर्ता

काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पुनर्विचारका लागि प्रदेशसभामा फिर्ता पठाउनु भएको छ ।

प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाको असोज ७ गते बसेको बैठकले पारित गरेका दुई वटा विधेयक भने प्रमाणीकरण गर्नुभएको छ ।

प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश हस्तकला स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुख देवकोटाले प्रमाणीकरण गर्नुभएको हो ।

प्रदेश प्रमुख देवकोटाले कृषि तथा पुशपन्छी विकासमन्त्री र उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रीसँग आन्तरिक छलफल गरेर प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पुनर्विचारका प्रदेशसभामा फिर्ता पठाउनु भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.