बागमती । बागमती प्रदेश सभाको अधिवेशन अन्त्य भएको छ।
बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख दिपकप्रसाद देबकोटाले अधिवेशन अन्त्य गर्नुभएको हो ।
प्रदेश प्रमुख देबकोटाले २०८१ साल असोज १६ गते बुधबार रातीदेखि प्रदेश सभाको चौधौं अधिवेशन अन्त्य गर्नु भएको हो ।