युवाहरुलाई स्थान दिन नसक्दा पार्टी कमजोर भयो : नेता कोइराला

आश्विन १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
युवाहरुलाई स्थान दिन नसक्दा पार्टी कमजोर भयो : नेता कोइराला

दाङ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले युवाहरुलाई पार्टीले स्थान दिन नसक्दा पार्टी कमजोर भएको बताउनु भएको छ ।

दाङको घोराहीमा कार्यकर्ता भेटभाट कार्यक्रममा बोल्दै नेता कोइरालाले ४० वर्ष मुनिका एउटा पनि युवा पार्टीको केन्द्रीय सदस्य नभएको भन्दै युवा आर्कषण बढाउन विधान संशोधन गरेर भए पनि उनीहरुलाई स्थान दिनु पर्ने बताउनु भयो ।

सोही कार्यक्रममा नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्व हस्तान्तरण गर्ने सोचमा रहेको भन्दै १५ औँ महाधिवेशनबाट नेपाली कांग्रेसले अझै सक्षम नेतृत्व पाउने समेत बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement