संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार हो : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

आश्विन ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार हो : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार भएको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले १० वर्षसम्म आधारभूत कानून नबनाउने अनि संविधान संशोधन हुनु हुँदैन भन्नेकुरा गलत हुने बताउनु भयो । उहाँले संविधान जतिसुकै राम्रो भयो भएपनि कार्यान्वयन नभए राम्रोको अर्थ नहुने बताउनु भयो । उहाँले संघीयताको कार्यान्वयन, क्षत-विक्षत हुन्छ भने वा यसको आधारभूत उद्देश्य हाँसिल हुनमा नै व्यवाधानकारी हुन्छ भने कार्यान्वयन नहुनु आफैँमा पनि संविधान पुनरावलोकनको एउटा आधार भएको बताउनु भयो । 

उहाँले संविधान कार्यान्वयन गर्ने माहोल खडा गर्नका लागि यसका समस्याको पहिचान जरुरी रहेको बताउनु भयो । ‘आधारभूत उद्देश्य हाँसिल हुनमा नै व्यवाधानकारी हुन्छ भने कार्यान्वयन नहुनु आफैँमा पनि संविधान पुनरावलोकनको एउटा आधार हो । संविधान किन कार्यान्वयन भएन ? भन्नेकुराको जवाफमा संविधान संशोधन हुनेकुरा होइन नि,’ उहाँले भन्नुभयो, ‘संविधान कार्यान्वयन गर्ने माहोल खडा गर्नका लागि पनि यसका अवरोधहरु के हुन् ? भन्ने ठम्याउँनका लागि पनि सायद संविधानको पुनरावलोकन गर्नुपर्छ । आवश्यकताअनुसार संशोधनका लागि बाटो खोज्नुपर्छ ।’

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संविधानमा कुनुकन कुरामा संशोधन गर्नुपर्छ भन्नेकुरा दलका नेताहरुले अघि सार्नुपर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement