संघीयता कार्यान्वयन गर्ने कानुनको अभाव छ : सभामुख घिमिरे

आश्विन ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
संघीयता कार्यान्वयन गर्ने कानुनको अभाव छ : सभामुख घिमिरे

विराटनगर । सभामुख देवराज घिमिरेले संविधान संशोधनको कुरा उठिरहँदा संघीयता कार्यान्वयन गर्ने कानुनको अभाव रहेको टिप्पणी गर्नुभएको छ ।

प्राथमिकता दिँदा दिँदै पनि संसद्को बर्खे अधिवेशनमा कानुन बनाउन नसकिएको उहाँको भनाइ छ ।

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले निजामती सेवा विधेयकलाई ऐन बनाउन नसकिएको, त्यसैगरी प्रहरी संगठन सञ्चालन सम्बन्धी ऐन, कानुन बनाउन नसक्दा संविधान संसोधन कार्यान्वयनमा समस्या रहेको बताउनुभयो ।

संविधान संशोधन गर्ने प्रक्रिया के हुने, केके विषयमा गर्ने जस्ता विषयमा वृहत्तर समझदारीको जरुरी रहने पनि उहाँले प्रष्ट पार्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement