आगामी निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
आगामी निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिष्ट पार्टीमाथि भइरहेका प्रहारको प्रतिकार गर्नुपर्ने बताउनु भएको छ ।

मदन भण्डारी फाउण्डेसनको रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै भण्डारीले कम्युनिष्ट पार्टीमाथि भइरहेको प्रहारको प्रतिकार गर्नुपर्ने बताउनु भएको हो । उहाँले देशका प्रमुख पदमा रहेर अर्थतन्त्र मजबुत बनाउन एमालेलाई आग्रह गर्नुभयो ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले दलहरुबीच सहमति भएपछि मात्रै संविधान संसोधन हुने बताउनुभयो । उहाँले निर्वाचन प्रणालीसमेत पुनरावलोकन गर्नु्पर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा मदन भण्डारी फाउण्डेसनले गायक रामकृष्ण दुवाललाई मदन भण्डारी रुपान्तरण राष्ट्रिय पुरस्कार २०८१ द्वारा सम्मान गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement