हामी सदन अवरोध गर्न छोड्दैनौँ : अध्यक्ष दाहाल

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
हामी सदन अवरोध गर्न छोड्दैनौँ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सदन अवरोधलाई जारी राख्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष दाहालले आफूहरु हत्या हिंसा भनेर संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरीत, विस्तृत शान्ति सम्झौता विपरीत सदन अवरोधको स्थितिमा रहेको बताउनु भयो । सदनबाट जबरजस्त आक्रमण गर्ने चेतावनी दिनुभयो । उहाँले प्रतिनिधि सभामा संख्यामा कमजोर भएपनि विरासत, मुद्दा, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा आफूहरुको बारेमा गरिएको व्यवस्थाका कारण पनि कमजोर नरहेको बताउनु भयो । उहाँले कमजोर छौँ भनेर हिन भावना लिनु सही नहुने बताउनु भयो ।

‘हामी अहिले प्रतिनिधि सभामा संख्यामा कमजोर नै छौँ । यो त दुनियाँले बुझेकै कुरा हो । तर हाम्रो विरासतको कारणले, हाम्रा मुद्दाका कारणले, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा हाम्रो बारेमा गरिएको व्यवस्थाका कारणले हामी कमजोर छैनौँ,’ उहाँले भन्नुभयो, ‘सदनमा हेर्ने हो भने संवैधानिक परिषद्‍मा विपक्षीलाई कमजोर पार्न गरिएका चलाबाजीहरु हामीले असफल बनायौँ । हत्या हिंसा भनेर संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरीत, विस्तृत शान्ति सम्झौता विपरीत हामी सदन अवरोधको स्थितिमा छौँ । र हामी जबरजस्त त्यहाँबाट आक्रमण गरिरहेका छौँ । हामी छोड्दैनौँ ।’

अध्यक्ष दाहालले संवैधानिक परिषद्‌मा विपक्षीलाई कमजोर पार्न गरिएका चलाबाजीहरु आफूहरुले असफल बनाएको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement