नेपालमा शक्ति राष्ट्रहरुको चलखेल बढ्‌यो : पुष्पकमल दाहाल

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालमा शक्ति राष्ट्रहरुको चलखेल बढ्‌यो : पुष्पकमल दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा शक्ति राष्ट्रहरुको चलखेल बढेको बताउनुभएको छ ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले विश्वका शक्ति राष्ट्रको चलखेलको थलो बनेको दाबी गर्नुभयो । अहिले नयाँ शितयुद्ध चलिरहेको र त्यसको केन्द्रबिन्दु नेपाल बन्न सक्ने खतरा विज्ञहरुले औंल्याइरहेको उहाँको भनाइ छ ।

राष्ट्रिय परिस्थिति पनि सामान्य नरहेको अध्यक्ष दाहालको जिकिर छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement