बुटवल लुम्बिनी एफसी चितवन गोल्डकपको सेमिफाइनलमा

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
बुटवल लुम्बिनी एफसी चितवन गोल्डकपको सेमिफाइनलमा

काठमाडौं । नेपाल सुपर लिग टिम बुटवल लुम्बिनी एफसी चितवन गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लुम्बिनीले आज भएको खेलमा सुनसरीको न्यू स्टार फुटबल क्लबलाई दुई-शून्य गोलले पराजित गरेको हो । बुटवलको जितमा दुवै गोल जोन ग्लोरीले गरेका हुन् । नेपाल प्रहरी शिक्षालय भरतपुरको मैदानमा लुम्बिनीले ३९ औं मिनेटमा अग्रता लिएको थियो ।

पहिलो हाफमा न्यू स्टारले पुनरागमन गर्न सकेन् । दोस्रो हाफ सुरु भए लगत्तै ग्लोरीले व्यक्तिगत दोस्रो गोल गरेपछि बुटवल दुई-शून्यले अघि रहेको थियो । यही नै खेलको अन्तिम नतिजा पनि बन्यो सुरुवातबाट नै हाबी भएको बुटवलले गोलका धेरै अवसर गुमाउँदा न्यू स्टारका गोलकिपर सर्वाधिक व्यस्त बनेका थिए । 

फाइनल प्रवेशका लागि बुटवल लुम्बिनीले चितवनको सूर्यपुर फुटबल क्लब र सिरहाको सलहेश फुटबल क्लबको विजेतासँग खेल्नेछ । प्रतियोगितामा भोलि एपीएफ फुटबल क्लब र वीरगन्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement