माओवादी आन्दोलनकारी शक्तिलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
माओवादी आन्दोलनकारी शक्तिलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनकारी शक्तिलाई एकताको प्रक्रियामा आउन पुनः आह्वान गर्नुभएको छ ।

माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आज सहिद प्रतिष्ठान नेपालको १५ औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष दाहालले सबै माओवादी शक्तिहरू एक ठाउँमा उभिनुको विकल्प नभएको बताउनुभएको हो । माओवादी घटकहरु जतिसक्दो चाँडो एकताबद्ध भए मात्र आफूहरुको अभियान पूरा गर्न सकिने उहाँको भनाइ थियो ।

अध्यक्ष दाहालल ठूलो प्रयासपछि संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्‌मा पारित भइ राष्ट्रपतिबाट प्रमाणीकरणसमेत भइसकेकाले अब आयोगहरुमा उपयुक्त व्यक्ति छनोटका लागि दबाब दिन आवश्यक रहेको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement