नेपाल प्रिमियर लिगका लागि खेलाडी दर्ता सुरु

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल प्रिमियर लिगका लागि खेलाडी दर्ता सुरु

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलका लागि खेलाडी दर्ता सुरु भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज विज्ञप्ती जारी गर्दै पहिलो संस्करणको एनपीएलका लागि खेलाडी दर्ता खुला गरेको जानकारी दिएको हो ।

क्यानको आयोजनामा हुने एनपीएलको अक्सनमा सहभागी हुन चाहने खेलाडीले असोज १२ गते भित्र आफ्नो नाम दर्ता गराउनु पर्नेछ । दर्ताका लागि एक हजार शुल्क तोकिएको छ । नेपाल प्रिमियर लिगको वेभसाइडमा गएर दर्ता गर्न सकिनेछ । क्यानले ए , बी र सी गरी तीन श्रेणीमा खेलाडीको विभाजन गरेको छ । आफ्नो इच्छा अनुसार खेलाडीले जुनसुकै श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्नेछ ।

एनपीएलको अक्सन दसैं अघि हुने क्यानले जनाएको छ । नेपाली खेलाडी अक्सन बाट छनौट हुदा विदेशी खेलाडी फ्रेन्चाइज इज टिम आफैले राख्न पाउनेछन् । आठ फ्रेन्चाइज टिमले मार्की खेलाडी छनौट गरिसकेका छन् । जस अनुसार काठमाडौंको मार्की करण केसी रहनेछन् ।

पोखराको कुशल भुर्तेल र चितवनको कुशल मल्ल मार्की खेलाडी रहनेछन् । विराटनगरमा सन्दीप लामिछाने, जनकपुरमा आशिफ शेख र लुम्बिनीमा रोहित पौडेल मार्की खेलाडीका रुपमा आवद्ध भएका छन् ।

कर्णालीले सोमपाल कामी पाउँदा सुदूरपश्चिममा दीपेन्द्र सिंह ऐरी रहनेछन् । प्रत्येक मार्की खेलाडीले एक सिजनका लागि २० लाख रुपैयाँ प्राप्त गर्नेछन् । एनपीएल आगामी मंसिर १५ देखी पुष ६ गते सम्म आयोजना हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement