नारदमुनी थुलुङ स्मृती गोल्डकप आगामी असोज १७ गतेदेखी हुने

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
नारदमुनी थुलुङ स्मृती गोल्डकप आगामी असोज १७ गतेदेखी हुने

काठमाडौं । नारदमुनी थुलुङ स्मृती गोल्डकप फुटबल प्रतियोगिताको दशौं संस्करण आगामी असोज १७ गतेदेखी हुने भएको छ ।

आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति घोषणा गरिएको हो । गोल्डकपमा झापा ११ झापा, चित्लाङ एफसी काठमाडौं, सहलेस फुटबल क्लब सिरहा, बागमती स्पोर्टस क्लब सर्लाही, संकटा एफसी काठमाडौं, बिराट स्पोर्टिङ एकेडेमी मोरङ, न्यू त्रियुगा स्पोर्ट क्लब सप्तरी र आयोजक बसाहा फुटबल क्लब गरी आठ टिमको सहभागी हुनेछ।

चौदण्डीगढी नगरपालिका-४ बसाहामा हुने खेलको फाइनल असोज २३ गते हुनेछ । विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पुरस्कार पाउनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement