रवि लामिछानेलाई बचाउनकै लागि संसदीय छानबिन समिति बनेको हो : चित्रबहादुर केसी

आश्विन ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
 रवि लामिछानेलाई बचाउनकै लागि संसदीय छानबिन समिति बनेको हो : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई बचाउनकै लागि संसदीय छानबिन समिति बनाएको आरोप लगाउनुभएको छ ।

पार्टीको राष्ट्रिय परिषद्को दोस्रो बैठकलाई आज बुटवबलमा सम्बोधन गर्दै अध्यक्ष केसीले प्रतिपक्षको दबाबका कारण देखाउनका लागि मात्रै संसदीय समिति बनाएको दाबी गर्नुभएको हो । सहकारीको रकम हिनामिना गर्नेमा प्रमुख दलकै नेताहरूको संलग्नता रहेको केसीको दाबी छ ।

आफू सहकारीमन्त्री हुँदा एमालेले भनेअनुसार सहकारीको काम नगरेपछि केपी शर्मा ओलीसँगको निकटता टुटेको पनि दाबी पनि उहाँले गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाको वार्षिक नीति तथा कार्यक्रम तय गर्न भोलिसम्म बुटवलमा राष्ट्रिय परिषद्को दोस्रो चल्ने छ । बैठकमा मुलुकभरिबाट आएका तीन सय ३६ जना प्रतिनिधिको सहभागी छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement