हाम्रो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनीय : माधव नेपाल

आश्विन ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
हाम्रो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनीय : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनीय रहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मनपरी ढंगले चल्ने र नेकपा एकीकृत समाजवादीलाई बेवास्ता गर्नेकुरा निन्दनीय र आलोच्य भएको टिप्पणी गर्नुभयो । उहाँले सबैकुरामा छलफल गर्नका लागि आफ्नो पार्टी तयार रहेको बताउनु भयो ।

अध्यक्ष नेपालले राष्ट्रियता, लोकतन्त्र, परिवर्तनको सवालमा कसैले सहकार्य गर्न आफूहरु हातेमालो गर्न तयार रहेको बताउनु भयो । उहाँले संविधानमा संशोधन गर्नुपर्ने भए पनि मध्यरातमा सम्झौता गर्नुपर्ने, दुई दलले मात्रै गर्नुपर्ने कुरा आवश्यक नरहेको बताउनु भयो । उहाँले संशोधनको विषयहरु आएपछि आफूहरु छलफल गर्न तयार हुने पनि बताउनु भयो । जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने र राम्रा कुरालाई समाप्त पार्नेगरी कुनै पनि संशोधन भए स्वीकार्य नहुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हिले संविधान संशोधनको बहस चलाउन खोजिएको छ । वास्तवमा संविधानमा संशोधन गर्नुपर्ने कुरा नभएका होइनन् । तर त्यसलाई मध्यरातमा सम्झौता गर्नुपर्ने, दुई दलले मात्रै गर्नुपर्ने कुनै आवश्यकता थिएन । त्यसबारेमा धेरै कुराहरु आइरहेका छन् । नियतमाथि प्रश्न खडा भएको छ । उद्देश्यमाथि प्रश्न खडा भएको छ । म त्यसमा धेरै प्रवेश गर्न चाहन्न । पहिला कुरा आओस्, हामी सबै कुरामा छलफल गर्न तयार छौँ ।'

अध्यक्ष नेपालले पार्टीका उपाध्यक्ष मेटमणि चौधरीले लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालकै हो भन्ने मान्यता अघि सारिसकेपछि त्यसलाई अझै गीतको विषय बनाउनुपर्ने आवश्यकता नरहेको बताउनु भयो । उहाँले सामाजिक सञ्जालमा अबदेखि पार्टीकाविरुद्ध जथाभावी नलेख्न पार्टीका नेता-कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.