अल इत्तीफाकमाथि अल नासरको फराकिलो जित

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
अल इत्तीफाकमाथि अल नासरको फराकिलो जित

काठमाडौं । साउदी प्रो लिगमा स्टेफानो पियोलीले अल नासरको प्रशिक्षकको रुपमा उत्कृष्ट सुरुवात गरेका छन् ।

पियोलीले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेको पहिलो खेलमै अल नासरले अल इत्तीफाकलाई ३-० गोल अन्तरले पराजित गर्यो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो, सलेम अल नजदी र तालिस्काले गोल गरे । हारसँगै अल इत्तीफाक शीर्ष स्थानमा उक्लिनबाट चुक्यो ।

३३ औं मिनेटमा अब्दुल्लाह मडुले सुल्तान अल-घनमलाई बक्सभित्र चयालेञ्ज गरेपछि अल नासरले पेनाल्टीको अवसर पायो । रोनाल्डोले पेनाल्टीमा सहजै गोल गरे । उनका लागि यो फुटबल करियरको ९०२ औँ गोल थियो ।

दोस्रो हाफमा अल नासरको दबदबा कायम रहृयो । ५६ औँ मिनेटमा अल नासरले दोस्रो गोल थप्यो । साडियो मानेलेको सनदार मुभमा अल-नजदीले उत्कृष्ट फिनिसिङ गरे । ७६ औं मिनेटमा मानेको कटब्याकमा तालिस्काले गोल गर्दै अल नासरलाई सहज जित दिलाए ।

यो जितले अल नासरलाई चार खेलबाट आठ अंकसहित चौथो स्थानमा पुर्‍याएको छ । समान खेलमा नौ अंकसहित अल इत्तीफाक तेस्रो स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement