विजया दशमीको शुभसाइत बिहान ११:३६ का लागि उत्तम

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
विजया दशमीको शुभसाइत बिहान ११:३६ का लागि उत्तम

काठमाडौं । यस वर्षको विजया दशमीको शुभसाइत बिहान ११:३६ का लागि उत्तम रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले सूचना सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो । 

बिहान ८:३३ बजे देवी विर्सजनको साइत रहेको छ भने विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११:३६ का लागि उत्तम रहेको समितिले जनाएको छ ।

विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने बताइएको छ । यस वर्षको नवरात्र अर्थात् दसैं यही असोज १७ गते बिहीबारदेखि सुरु हुँदैछ । त्यस दिन बिहान ९:१६ बजे घटस्थापनाको साइत रहेको छ ।

असोज १८ गते शुक्रबार झन्डा फेर्ने (पश्चिम मोहडा) ९:१४ बजे, असोज २२ गते मंगलबार पचलीभैरव यात्रा, असोज २४ गते बिहीबार फूलपाती र श्री तुलजाभवानी यात्रा बिहान ७:११ बजे र स्थिरासन बिहान ८:४३ बजे साइत रहेको समितिले जनाएको छ ।

असोज ३० गते बुधबार कोजाग्रत पूर्णिमा मनाएसँगै यस वर्षको दसैं समापन हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement