प्रस्तावित १६ जना राजदूतको नाम बहुमतले अनुमोदन

आश्विन ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रस्तावित १६ जना राजदूतको नाम बहुमतले अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित १६ जना राजदूतको नाम बहुमतले अनुमोदन गरेको छ ।

सरकारले विभिन्न १७ देशका लागि सिफारिस राजदूतहरुमध्ये १६ जनाको नाम अनुमोदन गरेको हो । श्रीलंकाका लागि प्रस्तावित रामकृष्ण भट्टराईका सम्बन्धमा अर्को बैठकले निर्णय गर्ने छ । भट्टराईको स्नातक तहको शैक्षिक प्रमाणपत्र नभेटिएपछि समितिले शैक्षिक योग्यतामा आशंका गर्दै अर्को बैठकमा मात्र निर्णय गर्ने गरी हाललाई स्थगित गरिएको जनाएको छ ।

दक्षिण अफ्रिकाका लागि प्रस्तावित कपिलमान श्रेष्ठ, मलेसियाका लागि प्रस्तावित नेत्रप्रसाद तिमल्सिना, इजरायलका लागि प्रस्तावित धनप्रसाद पण्डित र भारतका लागि प्रस्तावित शंकर शर्माको नाममा भने जसपा नेपालका सांसद प्रकाश अधिकारी र रास्वपाका सांसद डिपी अर्यालले फरक मत राख्नुभयो ।

बैठकले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउतको सुनुवाइ गर्न सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ । यस्तै बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवको पनि संसदीय सुनुवाइ प्रकिया सुरु गर्दै १० दिनको समय दिएर उजुरी आह्वान गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement