प्रधानन्यायाधीशमा सिफारिस राउत र प्रस्तावित दुई राजदूतको सुनुवाइ सुरु

आश्विन ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानन्यायाधीशमा सिफारिस राउत र प्रस्तावित दुई राजदूतको सुनुवाइ सुरु

काठमाडौं । संवैधानिक परिषद्‍बाट नेपालको प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउत र दुई देशका लागि सरकारले सिफारिस गरेका राजदूतको सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकले संवैधानिक परिषद्‍बाट नेपालको प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउत, अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको संसदीय सुनुवाइ सुरु भएको हो ।

समिति सभापति ईश्वरीदेवी न्यौपानेले प्रधानन्यायाधीश र दुई देशका लागि राजदूतहरूको सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय भएको जानकारी दिनुभयो । संवैधानिक परिषद्ले भदौ ३१ मा नेपालको प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्का फरक-फरक बैठकले यादवलाई अष्ट्रेलिया र लम्साललाई बेल्जियमका लागि राजदूत सिफारिस गरेको थियो । यादव कांग्रेसकी नेता तथा पूर्वउपसभामुख हुनुहुन्छ भने लम्साल पराष्ट्र मन्त्रालयकी सचिव हुनुहुन्छ ।

प्रधानन्यायाधीशमा प्रस्तावित राउत, अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालका सम्बन्धमा १० दिको समय दिएर सार्वजनिक उजुरी प्रकाशन हुनेछ । त्यसपछि थप सुनुवाइ प्रक्रिया अगाडि बढ्नेछ ।

परराष्ट्र सचिव लम्साललाई मन्त्रिपरषद्को साउन ३१ को बैठकले बेल्जियमका लागि राजदूतमा सिफारिस गरेको थियो भने यादवलाई भदौ २४ को मन्त्रिपरषद् बैठकले अष्ट्रेलियाका लागि राजदूतमा सिफारिसको निर्णय गरेको थियो 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement