राष्ट्रिय क्रिकेट टिमले किन गुमाइ रहेको छ ‘मुमेन्टम’ ?

आश्विन ३, २०८१ |खेल ब्युरो
राष्ट्रिय क्रिकेट टिमले किन गुमाइ रहेको छ ‘मुमेन्टम’ ?

काठमाडौं । प्रशिक्षक मोन्टी देशाइले क्यानडा प्रस्थान गर्नुअघि बिदाइ कार्यक्रममा नेपाली टोलीले यस त्रिकोणात्मक सिरिजमा कम्तीमा ६ अंक जोड्ने लक्ष्य राखेको बताएका थिए । तर सुरुवाती २ खेलमा घरेलु टोली क्यानडा र ओमानसँग पराजित भएपछि नेपालले योजना अनुसार प्रदर्शन गर्न नसकेको प्रस्ट भएको छ । पहिलो खेलमा क्यानडासँग ब्याटिङ र बलिङमा पूरै खराब प्रदर्शन गर्दै फराकिलो हार बेहोरेको नेपाल दोस्रो खेलमा ओमानविरुद्ध ३ परिवर्तनसहित मैदान उत्रियो । तर एक विकेटको हार बेहोर्‍यो । 

मपल लिफ नर्थ वेस्ट क्रिकेट ग्राउण्ड, किङ्ग सिटीको पिचमा बाक्लो मात्रामा हरियो घाँस छोडिएको छ । यसको मतलब ग्रिन टप पिच फास्ट बलिङका लागि निकै अनुकूल छ । तर यस त्रिकोणात्मक सिरिजमा नेपालको ब्याटिङजस्तै फास्ट बलिङ पनि लयमा छैन । पहिलो खेलमा क्यानडाविरुद्ध नेपाली बलरले पावर प्लेमा औसत प्रदर्शन गरे पनि डेथ ओभरमा भने निकै खराब प्रदर्शन गरे । 

टस जिते पनि नेपालले कन्डिसनको फाइदा उठाउन सकेन । डेथ ओभरमा नेपाली बलरहरूले १ सय ३ रन खर्च गर्दै ३ विकेट लिए । तर जवाफी ब्याटिङ गर्दा क्यानडाका मिडियम पेसर डिलोन हेलिगरले नेपाली ब्याटिङ लाइनअफलाई तहसनहस पारे । सिमिङ कन्डिसनमा हेलिगरले ५ विकेट लिँदा २ सय ५४ रनको लक्ष्य पछ्याएको नेपाल १ सय ३ रनले पराजित भयो । यस खेलमा नेपालको फास्ट बलिङ र ब्याटिङ फ्लप रह्यो । 

ओमानविरुद्ध कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीलाई बेन्चमा राख्दै अर्जुन साउद, अनिल साह र आरिफ सेखलाई अवसर दिए पनि आरिफ बाहेक दुवै जना असफल भए । यस खेलमा नेपालले केही सुधारिएको प्रदर्शन गरे पनि लाइन पार गर्न सकेन । 

गुल्सन झाले अर्धसत्तक प्रहार गर्दै पाँच विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि एकै खेलमा अर्धसत्तक प्रहार गर्दै पाँच विकेट पुरा गर्ने उनी पहिलो बलर बने । तर व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गरे पनि टिम पराजित हुँदा गुल्सन खुसी हुन सकेनन् । 

नेपालविरुद्ध ओमानका जिशान मकसूद र बिलाल खानले चोटका कारण खेल गुमाउने भएपछि नेपाली समर्थकहरुले राहतको महसुुस गरेका थिए । तर कप्तान रोहित पौडेल र गुल्सनको अर्धशतकका बाबजुद नेपालले प्रयाप्त योगफल तयार पार्न सकेन ।

घरेलु सिरिजमा गरेको खराब प्रदर्शन र क्यानडा भ्रमणमा पनि सोहि गल्ती दोहोर्याएपछि लिग २ मा नेपालका लागि चुनौंती थपिएको छ । अव नेपाललाई लिग-२ को शीर्ष ४ मा अटाउन किनै कठिनाइको सामना गर्नुपर्ने हुन सक्छ । लिग २ को आˆनो दोस्रो सिरिज खेलिरहादा केवल १ जित हात पारेको नेपालले थप बलिया टोलीहरुसँग प्रतिस्पर्धा गर्न बााकी नै छ ।

उसोत नेपालले अघिल्लो लिग २ सर्कलमा १२ मध्ये ११ खेल जित्दै एकदिवसीय मान्यता मात्र जोगाएको थिएन । शीर्ष ३ मा रहादै विश्वकप छनोटसम्म स्थान बनाएको थियो । तर चमत्कार बारम्बार दोहोरिदैन । भाग्यले सधै साथ दिन्छ भन्ने कुनै ग्यारेन्टी हुादैन । त्यसकारण टिममा रहेका समस्याहरु यसै सिरिजमा समाधान गर्नु पर्छ । हाल टिमले मुमेन्टम गुमाइ रहेको छ । अव खेलाडीहरु लयमा र्फकनु पर्छ ।



Enter Kantipur TV HD
Advertisement