संविधानलाई समयानुकूल बनाउन संशोधन आवश्यक छ : प्रधानमन्त्री ओली

आश्विन ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
संविधानलाई समयानुकूल बनाउन संशोधन आवश्यक छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई समयानुकूल बनाउन संशोधन आवश्यक रहेको बताउनुभएको छ । स‌ंविधान दिवसको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सबै राजनीतिक दलको सहमति र सहकार्यमा स‌ंविधानमा आवश्यक संसोधन गरिने समेत दाबी गर्नुभयो । संविधान दिवसको कार्यक्रममा राष्ट्रपति, प्रधानन्यायाधीश साथै सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली सेना र प्रहरीले विभिन्न कौशल प्रस्तुत गरेका थिए भने विभिन्न सांस्कृतिक झाँकीहरु पनि प्रदर्शन गरिएको थियो । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो । समारोहमा सेनाले शान्तिको प्रतिक सेतो परेवा उडाइएको थियो ।

१०औं संविधान दिवस संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ-संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement