जनकपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन्द्र भण्डारी निर्वाचित

भाद्र ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
जनकपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन्द्र भण्डारी निर्वाचित

जनकपुर ।जनकपुर उद्योग, वाणिज्य संघको अध्यक्षमा सुरेन्द्र भण्डारी निर्वाचित हुनुभएको छ ।

निकटतम प्रतिद्वन्दी मनिष रमण साहलाई ७२ मतअन्तरले पराजित गर्दै भण्डारी विजयी हुनु भएको हो ।

विजयी भण्डारीले १ हजार ६ सय ४४ मत प्राप्त गर्दा साहले १ हजार ५ सय ७२ मत ल्याउनुभयो । त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा मनोजकुमार साह र महिला उपाध्यक्षमा रिङ्कुकुमारी साह विजयी हुनुभएको छ।

मतदानमा ३ हजार ५ सय ७२ मत खसेको थियो । जनकपुर उद्योग, वाणिज्य संघका ४ हजार ६५ मतदाता छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement