सरकारको बजेट कार्यान्वयन यस वर्ष पनि सुस्तगतिमा

आश्विन २, २०८१ |सुदिल पोखरेल
सरकारको बजेट कार्यान्वयन यस वर्ष पनि सुस्तगतिमा

काठमाडौं । सरकारले ल्याएको बजेट कार्यतालिका बमोजिम कार्यान्वयनमा कहिल्यै जाँदैन । यसकारण यो वर्ष हामीले हरेक महिनाको पहिलो साता बजेट कति कार्यान्वयन भयो भनेर फलोअप गरिरहेका छौ । विगतका वर्ष जस्तै सरकारको बजेट कार्यान्वयन यस वर्ष पनि सुस्त देखिएको छ । भदौभित्रै सक्ने भनेका कामसमेत अलपत्र छन् । वैदेशिक रोजगारीमा जानेहरुलाई विना धितो ऋण दिने भनेर बजेटमा गरिएको व्यवस्था कार्यान्वयन गर्ने सुरसार नै छैन । 

सरकारले यस वर्ष गतआर्थिक वर्षभन्दा ३१ प्रतिशत बढी राजस्व उठाउने लक्ष्य लिएको छ । तर भदौ महिनाका लागि लिइएको लक्ष्य नै पूरा पुरा भएन । ९२ अर्ब ८४ करोड राजस्व संकलनको लक्ष्य राखिएकोमा ७१ अर्ब ६४ करोड मात्रै उठ्यो । भदौभित्रै सक्ने भनेका वित्तीय क्षेत्रसाग सम्बन्धित सुधारका कार्यक्रम, विकास सहायताको उपयोग क्षमता बढाउने, जलवायु कोष तथा सुविधामा पहुँच स्थापित गरी सहायता परिचालन गर्ने जस्ता कार्यक्रम अघि नै बढ्न सकेका छैनन् ।

अपेक्षित राजस्व संकलन गर्न नसके पनि यस वर्ष विकास खर्चमा भने केही सुधार देखिएको छ । विकासतर्फ गत वर्ष ८ अर्ब १६ करोड रुपैयाा खर्च भएकोमा यो वर्षको २ महिनामा १४ अर्ब ८९ करोड खर्च भएको छ । सरकारी खर्च बढाउन र अर्थतन्त्र चलायमान बनाउन सरकार आफैंले लिएका नीति कार्यान्वयनमा लैजान सक्नुपर्छ । बजेटमा सुधार गर्दै कार्यान्वयनमा लैजान केही समय लागेको स्वयम् अर्थमन्त्री स्वीकार गर्नुहुन्छ ।

चालु आर्थिक वर्षको बजेटमा वैदेशिक रोजगारीमा जानेहरुलाई विनाधितो ऋण दिने भने पनि अहिलेसम्म कुनै काम भएको छैन । सरकारको यो योजनालाई राष्ट्र बैंकले मौदि्रक नीतिमा समेटेको छ । तर कोष स्थापना गर्न चाहिने रकमको जोहो अर्थ मन्त्रालयले नगरिदिँदा समस्या भएको हो ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement