सरकारको न्यूनतम साझा कार्यक्रम कार्यदलले शीर्ष नेतालाई बुझायो

आश्विन २, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकारको न्यूनतम साझा कार्यक्रम कार्यदलले शीर्ष नेतालाई बुझायो

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित चार सदस्यीय कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज कार्यदलले प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवालाई प्रतिवेदन बुझाएको हो । कार्यदलले प्रतिवेदनमा सरकारको न्यूनतम साझा कार्यक्रममा नीतिगत विषयलाई जोड दिएको छ ।

सात पृष्ठको न्यूनतम साझा कार्यक्रममा संविधानमा असहमति रहेका विषयमा सर्वसम्मति गराउन प्रयास गर्ने तथा संविधानमा भएको ब्यवस्था पुनरावलोकन गर्ने वा सच्याउने भन्ने विषय समेटिएका छन् । यस्तै छरिएर रहेका विकासका आयोजनाहरुमा अनावश्यक बजेट खर्च नगर्ने र बन्न सक्ने आयोजनामा मात्र खर्च गर्ने विषय न्यूनतम साझा कार्यक्रममा समावेश गरिएको छ ।

कार्यदलले भष्ट्राचार र अनियमितामा जोडिएका जोसुकैलाई कारबाही गर्ने र त्यसमा सम्झौता नगर्ने उल्लेख न्यूनतम साझा कार्यक्रममा गरेको त्यसैगरी जलवायु परिवर्तनले पारेका प्रभाव न्यूनीकरण गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।

कांग्रेस र एमालेको सरकार गठन गर्नुअघि असार १७ गते गरिएको साँत बुँदे सहमतिलाई नै समेटेर सरकारको न्यूनतम साझा कार्यक्रम तय गरिएको छ । कार्यदलमा नेपाली कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत रहनुभएको छ भने एमालेबाट उपमहासचिवद्धय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement