भोलि संविधान दिवस मनाइँदै

आश्विन २, २०८१ |कान्तिपुर टीभी संवाददाता
भोलि संविधान दिवस मनाइँदै

काठमाडौं । भोलि देशभर संविधान दिवस मनाइँदै छ । सरकारले देशैभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउन लागेको हो । 

संविधान दिवस मनाउनका लागि सरकारले उपत्यकामा सुरक्षा व्यवस्था पनि व्यवस्थित बनाएको छ । नेपालमा नयाँ संविधान जारी भएको ९ वर्ष भयो । यो जनप्रतिनिधिले नै बनाएको नेपालको पहिलो संविधान हो । 

यसअघिका ६ वटा संविधान विज्ञ समूह वा आयोग गठन गरी लेखिएका थिए । संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई मौलिक मानिन्छ । 

संविधान दिवसको अवसरमा भोली काठमाडौंको दरबारमार्गमा नागरिक स्तरबाट ‘नेश्नल डे कन्सर्ट’को समेत आयोजन गरिएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement