बेथिति र विचलनबिरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपर्यो : दाहाल

भाद्र ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
 बेथिति र विचलनबिरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपर्यो : दाहाल

FilePhoto

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बेथिति र विचलनबिरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपरेको दोहोर्‍याउनु भएको छ ।

झापाको बिर्तामोडमा आज गिरीवन्धु टी स्टेटको हदबन्दी सम्बन्धीको ५१ विघा जग्गाका स्थानीयवासीको ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले बेथितिविरुद्द आवाज उठाउँदा आफूले सरकार छाड्नुपरेको बताउनुभयो ।

गिरीबन्धु टी-स्टेटको हदबन्दी प्रयोजनका लागि गणना गर्नु भनेर सर्वोच्च अदालतले आदेश दिएको ५१ विघा जग्गाका स्थानीयवासीलाई न्याय दिलाउन आफ्नो सक्दो पहल गर्ने पनि उहाँले बताउनु भयो ।

सोही ५१ विघा जग्गामा भारतीय दुतावासको लगानीमा बनेको टेकबहादुर गिरी बसपार्कमा उक्त जग्गाको कित्ताकाट तथा किनबेच रोकिएको विषयमा स्थानीयवासीले पूर्वप्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement