‘हिंसा’ शब्दको विवाद समाधान नभए संसद चल्न नदिने माओवादीको निर्णय

भाद्र २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘हिंसा’ शब्दको विवाद समाधान नभए संसद चल्न नदिने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनयुद्धलाई अपमानित गर्ने ढङ्गले संत्तारुढ दलका सांसदहरुले प्रयोग गरेको अभिव्यक्तिका विषयमा समाधान नभए सम्म संसद बैठक अवरोध गर्ने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले माओवादीको आन्दोलनलाई नै अपमानित गर्ने गरि दिएको अभिव्यक्तिको प्रतिवाद गर्ने निर्णय गरेको हो । बैठक पछि प्रमुख सचेतक हिजराज पाण्डेले शान्ति सम्झौता र संविधान विपरितको विषय भएकाले यसको प्रतिवाद गर्ने निर्णय गरेको बताउनुभयो ।

दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले सदनमा अहिले उठाएका विषय ठिक भएको अभिव्यक्ति दिएको पनि पाण्डेले जानकारी दिनुभयो । यस्तै उपभामुखलाई हटाउने विषय सदनमा प्रवेश गरे सशक्त प्रतिवादमा उत्रिने निर्णय पनि गरेको छ ।

प्राविधिक रुपमा केहि कमजोरी देखिएपनि समग्रमा उपसभामुखको गल्ति नगरेको निर्णय पनि माओवादीले गर्यो । यस्तै काठमाडौंको नदिकिनारामा रहेका वस्ति हटाउने विषयमा सर्वोच्चले दिएको परमादेशका विषयमा भने सरकार पुनरावलोकनमा जानुपर्ने निर्णय समेत माओवादी केन्द्रले गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.