काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता पक्षको स्वार्थकै कारण उपसभामुखलाई हटाउन खोजे उनीहरुका लागि आत्मघाती कदम हुने चेतावनी दिनुभएको छ ।
पार्टी सचिवालयको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै रास्वपा सभापति लामिछानेले कांग्रेस र एमालेले पाएको मत ३० प्रतिशत मात्रै भएकोले सांसद संख्याका आधारमा आफू खुसी नगर्न पनि चेतावनी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउने कदम नचाल्न आफूले आग्रह गरेको उहाँको भनाइ छ ।
उहाँले सहकारीपीडितको न्याय र अधिकारका लागि आफू प्रतिबद्ध रहेको समेत दाबी गर्नुभयो ।