गलत नियत राखेर उपसभामुखलाई हटाउन खोजियो : अध्यक्ष राउत

भाद्र २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
गलत नियत राखेर उपसभामुखलाई हटाउन खोजियो : अध्यक्ष राउत

FilePhoto

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको बताउनुभएको छ ।

अध्यक्ष राउतले सरकारले गलत नियतका साथ उपसभामुख इन्दिरा राना मगरलाई हटाउन लागेको बताउनुभएको हो । उहाँले सरकारले संवैधानिक परिषद्मा आफ्नो बहुमत पुर्‍याउनका लागि उपसभामुखलाई हटाउन लागेको बताउनु भयो ।

संवैधानिक परिषद्मा बहुमत नपुग्दा आफ्नो मान्छेलाई नियुक्त गर्न गाह्रो भएकाले गलत नियत राखिएको उहाँको भनाई छ । अध्यक्ष राउतले उपसभामुखलाई हटाए लोकतन्त्रको मान मर्यादा नरहने बताउनु भयो ।

उहाँले सरकार र प्रतिनिधि सभा साना पार्टीहरुलाई कसरी सखाप पार्न सकिन्छ भन्नेमा केन्द्रित भएको बताउनु भयो । उहाँले आफूले सरकार भएको महशुस गर्न नसकेको पनि बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement