महासचिव भुसालको आरोप- ४० करोड भन्दामाथिको भ्रष्टाचार मुद्धामा दलहरुबीच राष्ट्रिय सहमति हुन्छ

भाद्र २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
महासचिव भुसालको आरोप- ४० करोड भन्दामाथिको भ्रष्टाचार मुद्धामा दलहरुबीच राष्ट्रिय सहमति हुन्छ

FilePhoto

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले ४० करोड भन्दा माथिको भ्रष्टाचार मुद्दामा राष्ट्रिय सहमति हुने गरेको बताउनुभएको छ ।

शनिबार हरि रोकाद्वारा लिखित पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ विमोचन र विमर्श कार्यक्रममा बोल्दै महासचिव भुसालले ४०-५० करोड रुपैयाँभन्दा माथिका कुनैपनि भ्रष्टाचारका मुद्दामा दलहरुका बीचमा राष्ट्रिय सहमति हुने बताउनुभएको हो ।

उहाँले ठूला भ्रष्टाचारहरु एमाले, माओवादी, एकीकृत समाजवादी लगायतका दलहरुको संलग्नता बिना नहुने बताउनु भयो । उहाँले ठूला दलहरुका बीचमा राष्ट्रिय सहमती गरेर भ्रष्टाचार हुने गरेको भन्दै राजनीति, पार्टी र मुलुक नै सकिराखेका बताउनु भयो ।

उहाँले राजनीतिक दल र दलका नेता भ्रष्टाचारमुक्त भएपछि मात्रै समाजवादतिर जान सकिने बताउनु भयो । उहाँले घुस खाने मान्छे उत्पादन नगर्ने पार्टी निर्माण नगरेसम्म कृषिमा आत्मनिर्भर हुन नसकिने बताउनु भयो ।

महासचिव भुसालले नेपालमा लोकप्रियतावादले समाजवादलाई बिगारेको बताउनु भयो । उहाँले समाजवादको भाष्यलाई सबैभन्दा बढी प्रधानमन्त्री केपी ओलीले बिगारेको आरोप लगाउनु भयो । चुच्चे रेल र टावरहरुको कुरा गरेर प्रधानमन्त्री ओलीले समाजवादको भाष्य बिगारेको उहाँको भनाई छ ।

उहाँले सरकारले दृढ संकल्प लिन सकेमा र सोही अनुसारको काम गर्न सकेमा ५ वर्षमा कृषि उपजमा आत्मनिर्भर हुन सकिने बताउनुभयो । त्यस्तै १२ वर्षमा गरिबी र बेरोजगारीलाई हटाउन सकिने उहाँले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement