कर्मचारीहरुले क्षमता विकासमार्फत प्रविधिमैत्री सेवा प्रवाह गर्नु आजको आवश्यकताः मन्त्री गुप्ता

भाद्र २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
कर्मचारीहरुले क्षमता विकासमार्फत प्रविधिमैत्री सेवा प्रवाह गर्नु आजको आवश्यकताः मन्त्री गुप्ता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारीहरुले क्षमता विकासमार्फत प्रविधिमैत्री सेवा प्रवाह गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा २१औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश संघीय शासन व्यवस्थामा प्रवेश गरेपछि नेपालको संविधानअनुकुल कर्मचारीतन्त्रलाई व्यवस्थित तुल्याउन नेपाल सरकारद्वारा संघीय संसदमा पेश गरिएको संघीय निजामति सेवा विधेयकलाई उच्च प्राथमिकतामा राखि छिटै पारित गराउन आफूले पहल गरिरहेको बताउनु भयो ।

उहाँले नयाँ निजामति सेवा ऐनले कर्मचारीतन्त्रमा देखिएको अन्योलता र असपष्टता हटाइ कर्मचारीहरुको मनोबल उच्च तुल्याइ सेवा प्रवाह प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थायी सरकारको रुपमा रहेको निजामति सेवा जनताको आशा र भरोसाको केन्द्र भएको उल्लेख गर्नुभयो ।

मन्त्री गुप्ताले प्रदेश र स्थानीय सरकारसँगको समन्वयमार्फत आवश्यक सेवा प्रवाह र प्रशासन प्रवर्धनमा काम गरिरहेको बताउनु भयो । उहाँले स्थानीय तहको क्षमता अभिवृद्धि मन्त्रालयको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement