संविधानविपरीत अभिव्यक्ति दिने छुट कसैलाई छैन : पुष्पकमल दाहाल

भाद्र २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
संविधानविपरीत अभिव्यक्ति दिने छुट कसैलाई छैन : पुष्पकमल दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानविपरीत अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सहिदहरु शेरमान कुँवर र मोहनचन्द्र गौतमको स्मृतिमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले संविधानविपरित अभिव्यक्ति दिन छुट कसैलाई नभएको बताउनुभएको हो । उहाँले माओवादीले गरेको सशस्त्र संघर्षलाई संविधानले स्वीकार गरेको र संविधानको व्याख्यात्मक टिप्पणीमा जनयुद्ध नै लेखिएको भन्दै त्यसविरुद्द जाने अधिकार कसैलाई नभएको बताउनुभएको हो । उहाँले सत्तामा रहेकाहरुले अहिले हिंसा भनेकोमा उहाँले आपत्ति जनाउनुभयो ।

अध्यक्ष दाहालले संक्रमणकालीन न्यायसँग सम्वन्धित कानुन पारित हुनु सकारात्मक भएको पनि बताउनुभयो । यस्तै राम्रा कामका विषयमा पनि केही बोल्ने जाँगर नदेखाउँदा कतै पार्टीभित्र रोग त लागेको होइन भन्दै भन्दै उहाँले असन्तुष्टी जनाउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement