काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई ठूला दलले मुलुकलाई प्रतिगमनतर्फ लैजाने प्रयत्न गरेको दाबी गर्नुभएको छ ।
पार्टीका आयोगहरुसँगको परामर्श बैठकमा अध्यक्ष दाहालले देशलाई दुई दलीय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्नुपर्नेमा जोड दिनुभएको हो । पार्टीका नेता कार्यकर्ता र जनतालाई प्रशिक्षित गर्दै अघि बढ्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिनुभएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो ।
अध्यक्ष दाहालले सबै प्रतिपक्षलाई एक ठाउँमा उभ्याएर अघि बढ्नुपर्ने समेत बताउनुभएको थियो । माओवादी केन्द्रले सबै प्रदेश र आयोगहरुसँग परामर्श बैठक गरिरहेको छ ।