पार्टी पुनर्जागरण गर्न गाउँगाउँ पुग्छु : माओवादी अध्यक्ष दाहाल

श्रावण १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
पार्टी पुनर्जागरण गर्न गाउँगाउँ पुग्छु : माओवादी अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा चुनावी गठबन्धन नगरी पार्टी एक्लै मैदानमा उत्रने गरी पार्टी पुनर्जागरण गर्नुपर्ने बताउनुभएको छ । त्यसका लागि आफू गाउँ-गाउँमा पुग्ने उहाँको भनाइ छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा पाँच दिनसम्म चलेको पदाधिकारी बैठकमा उठेका विषयबारे जवाफ दिँदै अध्यक्ष दाहालले गुटबन्दी अन्त्य गरेर पार्टीलाई पुनर्जागरण गर्नुको विकल्प नरहेको बताउनुभएको थियो । बैठकले पार्टी पुनर्जागरण अभियान चलाउने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

संसद्‌मा तेस्रो हैसियतमा रहेर पनि डेढ वर्ष सरकारको नेतृत्व गरी सुशासन र विकासमा सकारात्मक कदम चालेको कुरा लिएर जनताको घरघरमा पुग्नुपर्ने अध्यक्ष दाहालको भनाइ थियो । पार्टी पुनर्जागरण अभियानबारे निर्णय लिन साउन २५ गते स्थायी समिति बैठक बस्दै छ ।

यो पनि...

माओवादीले गाउँगाउँमा पार्टी पुनर्जागरण अभियान थाल्ने, स्थायी समिति बैठक साउन २५ गते


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.