माओवादीले गाउँगाउँमा पार्टी पुनर्जागरण अभियान थाल्ने, स्थायी समिति बैठक साउन २५ गते

श्रावण १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
माओवादीले गाउँगाउँमा पार्टी पुनर्जागरण अभियान थाल्ने, स्थायी समिति बैठक साउन २५ गते

काठमाडौं । नेकपा माओवादी केन्द्रले गाउँगाउँमा पार्टी पुनर्जागरण अभियान थाल्ने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

पुनर्जागरण अभियानका लागि आवश्यक खाका स्थायी समिति बैठकबाट गर्ने पनि माओवादीले निर्णय गरेको छ । प्रवक्ता सापकोटाका अनुसार माओवादी स्थायी समिति बैठक भने साउन २५ गते बस्नेछ । ‘आगामी साउन २५ गते स्थायी समितिको बैठक बस्ने निर्णय गरेको छ,’ उहाँले भन्नुभयो ।

माओवादी पदाधिकारी बैठक गएको शुक्रबारबाट सुरु भएर आज (मंगलबार) सकिएको हो ।

यस्तै पदाधिकारी बैठकले स्थायी समिति बैठकका एजेन्डा पनि तय गरेको छ । जसमा माओवादीले सबै कम्युनिस्ट घटकहरुसँग ध्रुवीकरणको प्रयास गर्ने तथा संसद्‌मा बलियो र रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने भएको छ ।

सत्ताबाट असार २८ गते बाहिरिएसँगै माओवादीले पार्टी निर्माणलाई ध्यान दिने भन्दै पदाधिकारी बैठक राखेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.