सत्ताबाट बाहिरिएपछि आन्तरिक रणनीति बनाउँदै माओवादी

श्रावण १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
सत्ताबाट बाहिरिएपछि आन्तरिक रणनीति बनाउँदै माओवादी

काठमाडौं । केन्द्रदेखि प्रदेशसम्मै सत्ताबाट बाहिरिएको नेकपा माओवादी केन्द्र आन्तरिक रणनीतिक निर्माणमा जुटेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज (शनिबार) बसेको पदाधिकारी बैठकमा पार्टीले आगामी रणनीतिका विषयमा छलफल भएको हो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टी निर्माणको एजेन्डामा केन्द्रित भएर छलफल भएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

बैठकमा उपाध्यक्ष पम्फा भुसाल र उपमहासचिव शक्तिबहादुर बस्नेतले धारणा राख्नुभएको थियो । त्यस्तै बैठकमा स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक डाक्नेबारे पनि छलफल भएको प्रवक्ता साफकोटाले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement