वर्तमान सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ

श्रावण १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
वर्तमान सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ ।

पत्रकार महासंघ कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले यसअघि तेस्रो दलसँग मिलेर सरकार बनाउँदा असफल बनेको जिकिर गर्दै राजनीतिक स्थायित्व दिन पहिलो र दोस्रो दल मिलेर बनेको सरकारलाई असफल हुने छुट नरहेको बताउनुभएको हो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले दुई तिहाइको सरकारले अर्थतन्त्र सुधार, रोजगार सिर्जना, सुशासन र विकास निर्माणको दायित्व बोकेकाले असफल हुने छुट नरहेको दोहोर्‍याउनुभयो ।

उहाँले सरकारले अबको एक महिनामा नतिजा देखिनेगरी काम गर्नुपर्ने पनि बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement