कार्यदलको दाबी- संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमतिनजिक पुग्यो

सरोकारवालासँग सोमबार छलफल गरी शीर्ष नेतालाई प्रतिवेदन बुझाउने तयारी
श्रावण ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
कार्यदलको दाबी- संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमतिनजिक पुग्यो

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदल सहमतिनजिक पुगेको छ ।

सिंहदरबारमा आज (शुक्रबार) बसेको कार्यदलको बैठकले विधेयकलाई अन्तिम रुप दिन सरोकारवालाहरुसँग सोमबार आवश्यक परामर्श गर्ने निर्णय गरेको छ । त्यसपछि कार्यदलको बैठक बसेर प्रतिवेदन तयार पार्ने प्रधानमन्त्रीसहित शीर्ष नेताहरुलाई बुझाइने भएको छ ।

पीडितमैत्री, सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय कानुनलाई आधार बनाएर विधेयकमा सहमति जुटाइने कार्यदलका सदस्य महेश बर्तौलाले जानकारी दिनुभयो ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक संसद्‌मा विचाराधीन छ । दलहरूबीच बालसेनाको मामिलालाई ऐनमा कसरी उल्लेख गर्ने र मेलमिलापका घटनामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने भन्नेबारे छलफल सुरू भए पनि निष्कर्षमा पुगिसकेको छैन । माओवादीका उपमहासचिव जनार्दन शर्माले पनि छलफल सैद्धान्तिक रुपमा सहमति नजिक पुगेको बताउनुभयो ।

कार्यदलमा नेपाली कांग्रेसका तर्फबाट गृहमन्त्री रमेश लेखक, नेकपा एमालेका तर्फबाट प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा माओवादी केन्द्रका तर्फबाट उपमहासचिव जनार्दन शर्मा हुनुहुन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement