हामीविरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदै छन् : माधवकुमार नेपाल

श्रावण १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
हामीविरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदै छन् : माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्रका तानाबाना बुन्न सुरु गरिएको बताउनु भएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै उहाँले पार्टीविरुद्ध षड्यन्त्र सुरु गरिएको बताउनु भयो । ‘हाम्राविरुद्धमा अनेकौँ किसिमका षड्यन्त्रका तानाबानाहरू बुनिँदै छन् भन्ने कुरा पनि सुन्नमा आइरहेको छ,’ उहाँले भन्नुभयो ‘कति सत्य हो, कति असत्य हो ? थाहा छैन । तर कति सत्य हुन्, कति असत्य हुन् भनेर पनि हुँदो रहेनछ । लेखेर पनि हुँदा रहेनछ । बोलेर हुँदो रहेनछ । त्यसको थोरै एनालिसिस गर्नुपर्ने रहेछ ।’

अध्यक्ष नेपालले पार्टीले पूर्ण सतर्कता अपनाउनुपर्ने पनि बताउनु भयो । त्यसका लागि विभिन्न राजनीतिक दलहरू र राजनीतिक शक्तिहरूसँग आफूहरूले संवाद जारी राख्नुपर्ने पनि बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement