सरकारले उच्च मनोबलका साथ कूटनीतिक सम्बन्धलाई अघि बढाउनु पर्छ : माधवकुमार नेपाल

श्रावण ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकारले उच्च मनोबलका साथ कूटनीतिक सम्बन्धलाई अघि बढाउनु पर्छ : माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्र सम्बन्धलाई उच्च मनोबलका साथ अघि बढाउन सरकारलाई सुझाव दिनुभएको छ । बुधबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष नेपालले देशको हितको रक्षाका लागि सरकारले उच्च मनोबलका साथ परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने तर्क गर्नुभयो । परराष्ट्र मामिलामा नेपालको शक्ति भनेको गौरवपूर्ण इतिहास भएको उल्लेख गर्दै उहाँले त्यसैलाई अवलम्बन गरेर अघि बढ्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । 

अध्यक्ष नेपालले अरुले स्वीकार गर्ने र नेपालले पनि त्यसमा बलियोसँगले राख्नसक्ने विषयहरुको पहिचान गरेर नेपालले परराष्ट्र सम्बन्धलाई भरपर्दो बलियो बनाउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘परराष्ट्र मामिलामा हामीसँग भएको शक्ति भनेको हाम्रो गौरवपूर्ण इतिहास हो । त्यो इतिहासले पनि हाम्रो मनोबललाई उच्च बनाउँछ । त्यसकारण उच्च मनोबलका साथ नै जानुपर्ने, अघि बढ्नुपर्ने, आफ्नो देशको हितको रक्षाका लागि अघि बढ्नुपर्ने आवश्यकता पर्छ ।' 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement