नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण [LIVE]

असार ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण [LIVE]

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ ।

आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीलाई शपथ गराउनु भएको हो । राष्ट्रपति पौडेलले एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीलाई संविधानको धारा ७६ उपधारा २ बमोजिम हिजो प्रधानमन्त्री नियुक्त गर्नु भएको थियो । 

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरु, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायप्रसाद दाहाल र प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो । 

त्यस्तै उच्चपदस्थ सरकारी अधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरूको पनि शपथ समारोहमा उपस्थिति रहेको थियो । नवनियुक्त प्रधानमन्त्री ओलीले आजै पदभार ग्रहण गर्नुहुने छ ।

सम्बन्धित समाचार...

अर्थमन्त्रीमा विष्णु पौडेल, एमालेबाट अरू को को ?

कांग्रेसबाट आरजु राणा परराष्ट्रमन्त्री, रमेश लेखक गृहमन्त्री, अरु को को ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement