कांग्रेसबाट आरजु राणा परराष्ट्रमन्त्री, रमेश लेखक गृहमन्त्री, ७ मन्त्रीको नाम टुंगो लाग्यो

असार ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसबाट आरजु राणा परराष्ट्रमन्त्री, रमेश लेखक गृहमन्त्री, ७ मन्त्रीको नाम टुंगो लाग्यो

काठमाडौं । नेपाली कांग्रेसले पनि आफ्नो भागका मन्त्रीको नाम टुंग्याउने कसरतमा छ । एक मन्त्रीको नाम टुंगो लाग्न बाँकी रहे पनि कांग्रेसले आफ्नो तर्फबाट ७ जना मन्त्रीको नाम टुंग्याएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

केपी ओली नेतृत्वको मन्त्रिपरिषद्‌मा कांग्रसबाट प्रकाशमान सिंह उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्री बन्नु भएको छ । यस्तै रमेश लेखकलाई कांग्रेसले गृहमन्त्रीको जिम्मेवारी दिएको छ ।

यस्तै आरजु राणा परराष्ट्रमन्त्री, अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्नुभएको छ भने दीपक खड्काले ऊर्जामन्त्रीको जिम्मेवारी पाउनु भएको छ । वन तथा वातावरणमन्त्री भने ऐनबहादुर शाही बन्नु भएको छ भने तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री बन्नुभएको छ ।

यो पनि...

अर्थमन्त्रीमा विष्णु पौडेल, एमालेबाट अरू को को ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement