अर्थमन्त्रीमा विष्णु पौडेल, एमालेबाट अरू को को ?

असार ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
अर्थमन्त्रीमा विष्णु पौडेल, एमालेबाट अरू को को ?

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा हुनुहुन्छ । 

नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू मन्त्रीको टुंगो लगाउने गृहकार्यमा आज बिहानै देखि जुटेका हुन् । एमालेले आफ्नो भागका ८ मन्त्रीको नाम टुंग्याएको छ भने कांग्रेसको आन्तरिक छलफल चलिरहेको छ । 

एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्नु भएको छ । यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र शिक्षामन्त्री विद्या भट्टराई बन्नु भएको छ ।

यस्तै रक्षा मन्त्रालयको जिम्मेवारी मानवीर राईले पाउनु भएको छ भने राजकुमार गुप्तालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै गरी बलराम अधिकारी एमालेबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्नु भएको हो भने दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement