कामचलाउ सरकारका गृहमन्त्रीको दाबी– ‘निर्मला पन्त प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ’ (भिडियो)

असार ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
कामचलाउ सरकारका गृहमन्त्रीको दाबी– ‘निर्मला पन्त प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ’ (भिडियो)

काठमाडौं । कामचलाउ सरकारका गृहमन्त्री रवि लामिछानेले निर्मला पन्त प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको दाबी गर्नु भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी गृहमन्त्री लामिछानेले यस्तो दाबी गर्नु भयो । उहाँले आफ्नोबारे विवादमा आएका विषयको अध्ययन अनुसन्धान अघि बढाउन पनि नेपाल प्रहरीसँग आग्रह गर्नुभएको छ ।

आफू मन्त्री भएकाले कुनै प्रभाव परेको भए अब अनुसन्धान प्रक्रिया अघि बढाउन सकिने लामिछानेको भनाइ छ । आफूले गृह प्रशासनको विधि नमिचेको तथा सरुवा र बढुवा कुनै व्यक्ति विशेषलाई हेरेर नगरेको दाबी गर्दै उहाँले सुन तस्करीको छानबिन प्रतिवेदन सुरक्षा निकायको गोपनीयतालाई ख्याल गरेर सार्वजनिक नगरेको दाबी गर्नुभयो । 

दुई ठूला राजनीतिक दल एक ठाउँमा उभिएर सरकार बनाउनु चुनौतीपूर्ण भएको गृहमन्त्री लामिछानेको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.