गृहमन्त्रीलाई विश्वप्रकाश शर्माको प्रश्न-लोकेसन पत्ता लागिसक्यो भनेर जीबी राईलाई भगाउनलाई हो माइकबाट फुकेको ?

असार ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
गृहमन्त्रीलाई विश्वप्रकाश शर्माको प्रश्न-लोकेसन पत्ता लागिसक्यो भनेर जीबी राईलाई भगाउनलाई हो माइकबाट फुकेको ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले लोकेसन पत्ता लागिसक्यो भनेको जीबी राईलाई भगाउनलाई भनेको हो कि पक्राउ गर्न भन्दै प्रश्न गर्नुभएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले यस्तो प्रश्न गर्नुभएको हो ।

'लोकेसन पत्ता लागिसक्यो भनेको जीबी राईलाई के भगाउनलाई हो माइकबाट फुकेर लोकेसन पत्ता लाग्यो रे भनेर स्टन्डबाजी गर्ने,' उहाँले प्रश्न गर्नुभयो, 'कि सरकार चाँडै नै जीबी राईलाई हाजिर गराउँदै छ ?'

उहाँले गोरखा मिडियाका दुई मालिकमध्ये एक फरार रहेको र एक गृहमन्त्री रहेको भन्दै गृहमन्त्रीलाई समेत उहाँले व्यंग्य गर्नुभएको छ । उहाँले सरकारी ठगीमा फरार रहेको व्यावसायीक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीले गर्नुपर्ने भएकाले लोकेसन पत्ता लागेको भनेर माइकबाट फुक्नुको अर्थ के हुन्छ ? भन्दै उहाँले प्रश्न गर्नुभएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement