सरकारलाई कांग्रेस सांसद गौतमको प्रश्न- साम्यवादी भन्ने अनि पुँजीवादी बजेट ल्याउने ?

जेष्ठ २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकारलाई कांग्रेस सांसद गौतमको प्रश्न- साम्यवादी भन्ने अनि पुँजीवादी बजेट ल्याउने ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले सरकारले ल्याएको कृषिसम्बन्धी कार्यक्रमले मुलुकको समृद्धिको यात्रा तय गर्न नसक्ने दाबी गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले समाजवाद उन्मुख भन्नेहरुले पनि पुँजीवाद उन्मुख भएर कृषिसम्बन्धी कार्यक्रम र बजेट ल्याएको उल्लेख गर्दै त्यसले साना किसानको हितमा काम गर्न नसक्ने बताउनु भयो । सांसद गौतमले नेपाललाई किसानहरुको देशको रुपमा विकास गर्ने गरी नीति, कार्यक्रम र बजेट ल्याउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सहरै सहरको परिकल्पना गरेर र ठूला किसान तथा व्यापारीहरुको हित हेरेर मुलुकमा कृषि क्रान्ति हुन नसक्ने पनि बताउनु भयो ।

सांसद गौतमले भन्नु भयो,' 'भन्नलाई साम्यवादी भन्नुहुन्छ । समाजवाद उन्मुख भन्नु हुन्छ । यो कृषिको कार्यक्रम त पुँजीवाद उन्मुख छ । कहाँबाट यो समाजवादतिर उन्मुख छ ? यसले त ठूला किसानहरुलाई मात्रै ध्यान दिन्छ । व्यापारीहरुलाई मात्रै ध्यान दिन्छ । यसले फेरी समृद्धिको यात्रा तय गर्दैन । त्यसकारण यसमा मेरो घोर असहमती छ ।'


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.